दाङ । दाङमा गोली लागेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–३ साम्वाहमा बन्दुकको गोली लागेर पुष्कर केसीका ८ वर्षीय छाेरा भुवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रहरीले हत्याको आरोपमा पुस्करका जेठा छाेरा भुवनका दाजु १० वर्षीय शिशिर केसीलाई नियन्त्रणमा लिएको छ । घरमा बाजेले लोड गरिराखेको बरुवा बन्दुक शिशिरले चलाउँदा भाइलाई गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
प्रहरी नायव उपरीक्षक शाहका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतकका बुबाआमा रोजगारीका लागि घरबाहिर रहेको प्रहरीले जनाएको छ ।