काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू-भागको मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ ।
आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ । महाशाखाका अनुसार आज राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
मधेश प्रदेश तथा कोशी प्रदेशका तराईका धेरै स्थानहरूमा लाग्ने हुस्सु/कुहिरो मध्याह्न पछि क्रमिक रुपमा सुधार हुने र बाँकी तराईका केही स्थानहरूमा लाग्ने हुस्सु/कुहिरो मध्यान्न सम्ममा सुधार हुने सम्भावना रहेको छ ।
सोको प्रभावले मध्यान्न सम्मको समयमा तराई भू-भागको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।