काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी नारा नै 'अवैध र आपराधिक गतिविधिमा संलग्न आप्रवासीहरूलाई सामूहिक देश निकाला गरिने छ' भन्ने थियो । सपथ लिएसँगै ट्रम्पले कार्यकारी आदेश जारी गरे भने त्यसैको पालना गर्दै इमिग्रेसन एण्ड कष्टम इन्फोर्समेन्ट-आइसको हतियारधारी अर्धसैन्य बल अवैध आप्रवासीहरूलाई पक्रन र देशनिकाला गर्न व्यस्त छ । यसले अमेरिकामा रहेका नेपाली तथा तिनका आफन्तहरू चिन्तामा छन् । आखिर कस्ता व्यक्तिहरू देशनिकालामा पर्छन् त ?
कान्तिपुर टेलिभिजनका अमेरिकाका संवाददाता बद्रि गौतमले तयार पारेको यो भिडियो रिपोर्ट हेर्नुहोसः