रामचन्द्र र सिनिमा स्टेज रेस च्यालेन्जको च्याम्पियन

माघ १९, २०८१ |खेल ब्युरो
रामचन्द्र र सिनिमा स्टेज रेस च्यालेन्जको च्याम्पियन

काठमाडौं । ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको चौथो चरणमा पुरुषतर्फ राम चन्द्र महतारा र महिलातर्फ सिनिमा शेर्पा पहिलो भएका छन् ।

रानीकोटमा सुरू भएर फर्पिङमा सम्पन्न भएको ३५ किमी दौडअन्तर्गत पुरुषमा राम चन्द्रले निर्धारीत दुरी चार घन्टा २४ मिनेट ५८ सकेन्डमा पूरा गरे। विशाल गुरुङ चार घन्टा २९ मिनेट ४ सकेन्ड समय लगाएर उपविजेता र राजा महतारा चार घन्टा ३३ मिनेट ५४ सकेन्डमा दौड पुरा गरेर तेस्रो स्थानमा रहे ।

महिलातर्फ च्याम्पियन बनेकी सिनिमा शेर्पाले पाँच घन्टा १२ मिनेट ३६ सकेन्डमा दौड पूरा गरिन । यसैगरी उपविजेतामा चित्त बुझाएकी सोन्या मार्टिन पाँच घन्टा १४ मिनेट र ८ सकेन्ड समय लगाइन । अनिशा गुरुङले पाँच घन्टा ४८ मिनेट ३३ सकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गरेकी थिइन ।

सो स्टेज रेस च्यालेन्सको चौथो चरणमा १५ विदेशीसहित कूल ५४ जना धाविकधाविकाको सहभागिता रहेको थियो ।



Enter Kantipur TV HD
Advertisement