राजनीतिक शुद्धता नभए देशले काँचुली फेर्दैन : सर्वेन्द्र खनाल

माघ १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
राजनीतिक शुद्धता नभए देशले काँचुली फेर्दैन : सर्वेन्द्र खनाल

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशलाई सुनौलो र समृद्ध बनाउने काम पूर्वसुरक्षाकर्मीहरूले गर्नुपर्ने बताउनुभएको छ । 

शनिबार काठमाडौंमा पूर्व सुरक्षकर्मी परिषद् नेपालको चौथो वार्षिक साधारण सभामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशलाई समृद्ध र सुनौलो नबनाएसम्म पूर्वसुरक्षाकर्मीहरूलाई चैन नहुने बताउनु भयो ।

उहाँले समृद्ध देश नबनाएसम्म आफूहरू शान्त भएर बस्न नसक्ने बताउनु भयो । उहाँले देशको समृद्धि र नागरिकको मुहारमा खुशी दिलाउन हरेकले आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताउनु भयो । राजनीतिक शुद्धता नभइकन देशले काँचुली नफेर्ने उहाँको बुझाइ छ ।

‘ यो देशलाई जुनसुकै अवस्थामा क्राइसिसमा चाहे सुरक्षाको चासोमा टड्कारो आवश्यकता होस्, नेपालीहरुले दुःख पाउने बाटोको अन्त्य हामीले गर्नुपर्छ । अब राजनीति शुद्धता नभइकन देशले काँचुली फेर्दैन,’ उहाँले भन्नुभयो ।

पूर्वप्रहरी महानिरीक्षक खनालले देशलाई केन्द्रमा राखेर काम गर्ने व्यक्तिले मात्रै देशलाई समृद्ध बनाउनसक्ने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement