थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्नँ, यो स्टन्टबाजी होइन : प्रधानमन्त्री ओली

माघ १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्नँ, यो स्टन्टबाजी होइन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाहा पाएसम्म भ्रष्टाचार हुन नदिने बताउनुभएको छ । बुधबारबाट काठमाडौंमा सुरू भएको प्रथम युवा कानुन व्यवसायी सम्मेलनको शुभारम्भ गर्दै उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताउनुभएको हो ।

उहाँले भ्रष्टाचार नियन्त्रण गर्नेकुरा स्टन्टबाजी नभएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “भ्रष्टाचार नियन्त्रण गर्नै पर्दछ । अहिलेको वर्तमान सरकार जसको नेतृत्व मैले गरिरहेको छु । यस सरकारले म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्न भनेको छ । थाहा पाएसम्म, जाने बुझेसम्म । कहाँ कहाँ भएको छ, कहाँ कहाँ भएको छ । मुसाले कहाँ कहाँ प्वाल पार्छ थाहा पाए त हो । त्यसकारण थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्नँ । भए नियन्त्रण गर्दछु । यो स्टन्टबाजी होइन ।”

उहाँले आफ्नी श्रीमती (राधिका शाक्य) को नाममा स्विट्जरल्यान्डको बैंकमा ४१ करोड डलर छ भन्ने भ्रमपूर्ण प्रचार गरिएको पनि बताउनुभयो । “हिजो बिहान यसो फेसबुक खोलेर हेरेको हिन्दीमा एक जना भनिरहेको रहेछ, नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पत्नी राधिका शाक्यको नाममा स्विट्जरल्यान्डको बैंकमा ४१ करोड डलर छ । सुन्दा रिस उठ्नुपर्ने अब त रिस उठ्न पनि छोड्यो । मजा लाग्छ । धर्तीमा एकै खालका मान्छेहरू हुँदो रहेनछ क्या”, उहाँले भन्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement