सांसदहरूलाई ओलीको निर्देशन- संसद्मा विपक्षीले भ्रम छर्ने प्रयत्न गरे सशक्त प्रतिवाद गर्नु

माघ १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
सांसदहरूलाई ओलीको निर्देशन- संसद्मा विपक्षीले भ्रम छर्ने प्रयत्न गरे सशक्त प्रतिवाद गर्नु

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा तथ्य र तर्कसंगत रूपमा जिम्मेवार भएर प्रस्तुत हुन पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ ।

संसद् भवन नयाँ बानेश्वरमा आज बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले शुक्रबारदेखि सुरू हुने संसद् बैठकमा विपक्षी दलहरुले भ्रम छर्न सक्नेमा सचेत हुनुपर्ने बताउनुभएको हो । विपक्षीले गलत आरोप लगाउने र भ्रम छर्ने प्रयत्न गरेमा त्यसको रचनात्मक र सशक्त प्रतिवाद गर्न पनि उहाँले सांसद्हरूलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकलाई चाहिएरै अध्यादेश ल्याएको भन्दै त्यसको प्रतिरक्षा गर्न सांसद्हरूलाई आग्रह गर्नुभएको छ । विपक्षी दलले सरकार ढल्ने भन्दै दिनरात अभिव्यक्ति दिए पनि त्यसमा सत्यता नभएको दाबी गर्दै प्रधानमन्त्री ओलीले २०८४ सालपछि सरकार परिवर्तन हुने उल्लेख गर्नुभयो ।

अबको साढे १७ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने समेत उहाँले दोहोर्याउनुभएको छ । छिमेकीसँगको सम्बन्ध प्राथमिकतामा रहेको र पारस्पारिक लाभको आधारमा अघि बढ्ने समेत प्रधानमन्त्री ओलीले प्रष्ट पार्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement