काठमाडौं । सरकारले संसद् बैठक बसेको पहिलो दिनमै अध्यादेशहरू पेस गरी फास्ट ट्र्याकबाट पारित गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले छोटो र छिटो प्रकृयाबाट अध्यादेशहरू संसद्ले पारित गरेपछि अध्यादेश कार्यान्वयनमा लैजान नियमावली बनाउने कार्यलाई तिव्रता दिने निर्णय पनि गरेको छ ।
सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङका अनुसार भोलि शहीद दिवसमा औपचारिक कार्यक्रमसमेत गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।
शहीद गेटमा माल्यार्पण गरेपछि भृकुटीमण्डपमा विशेष कार्यक्रम गर्ने तयारी छ ।