काठमाडौं । नेपाली कांग्रेसका नेता टेकबहादुर गुरूङको सांसद पद निलम्बनसम्बन्धी मुद्दा पुनरावलोकन हुने भएको छ ।
काठमाडौंको भृकुटीमण्डपस्थित फनपार्क सञ्चालनमा भाडादर सस्तो गरी भ्रष्टाचार गरेको भन्दै दोषी ठहर भएका नेपाली कांग्रेसका सांसद गुरूङको निलम्बनसम्बन्धी मुद्दा सर्वोच्च अदालतले पुनरावलोकन गर्ने भएको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्चको फैसलाविरूद्ध पुनरावलोकनका लागि दिएको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू सपना प्रधान मल्ल, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले गुरूङको इजलासले अनुमति दिएको हो ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोज शर्मा र विनोद शर्माको इजलासले गुरूङको निलम्बन फुकुवा गरी संसद प्रवेश गर्ने बाटो खोलिदिएको थियो।