तनहुँ । तनहुँको तल्लो छिर्कनमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ ऋषिङ चालिसे घर भई व्यास-५ पाटन बस्ने ४० वर्षीया मधुमाया आले र १९ वर्षीय सन्दीप आले रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
पृथ्वी राजमार्गमा पर्ने दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गप्र-००३-००१प ०३१० नम्बरको मोटरसाइकल अनियिन्त्रत भई सडक छेउको कल्भर्टमा ठोकिँदा दुवै जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।