इजरायल र हमासबीचको युद्धविराम तथा बन्धक रिहाइसम्बन्धी सम्झौताको नेपालले गर्‍यो स्वागत

माघ ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायल र हमासबीचको युद्धविराम तथा बन्धक रिहाइसम्बन्धी सम्झौताको नेपालले गर्‍यो स्वागत

काठमाडौं । नेपालले इजरायल र हमासबीच भएको युद्धविराम र बन्धक रिहाइसम्बन्धी सम्झौताको स्वागत गरेको छ ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सन् २०२३ अक्टोबरबाट सुरू भएको युद्ध अन्त्यको बाटोमा अघि बढेकोमा त्यसको स्वागत गरेको हो ।

हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइ हुनेमा मन्त्रालयले विश्वास व्यक्त गरेको छ ।

नेपालले युद्धग्रस्त क्षेत्रमा दीर्घकालीन शान्ति र मानवीय सहायताको प्रत्याभूति गर्न सम्बद्ध सबै पक्षसँग आग्रह पनि गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement