सोलुखुम्बुमा एक घरमा आगलागी हुँदा २४ लाख बराबरको क्षति

माघ ३, २०८१ |भानुभक्त निरौला
सोलुखुम्बुमा एक घरमा आगलागी हुँदा २४ लाख बराबरको क्षति

सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ३ गैरिबारीमा आगलागी हुँदा २४ लाख बराबरको क्षति भएको छ । साँझ स्थानीय मुक्ति बास्तोलाको ३ तले घरमा आगलागी हुँदा करिब २४ लाख बराबरको क्षति भएको हो ।

आगलागीबाट अन्नपात, भाँडावर्तन र लत्ताकपडा पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रहरी नायब उपरीक्षक द्धारिका प्रसाद घिमिरेले बताउनुभयो । आगलागीको खबर पाए लगतै इलाका प्रहरी कार्यालय नेचाबाट प्रहरी निरीक्षक सहितको टोली घटनास्थल गई स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

विद्युत् शर्ट भई आगो लागेको डीएसपी घिमिरेले बताउनुभयो ।


Image

भानुभक्त निरौला

निरौला कान्तिपुर टेलिभिजनका सोलुखुम्बु संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement