विनयी खोला पुल भत्किएपछि पूर्वपश्चिम राजमार्गमा आवागमनमा सास्ती

पुस २७, २०८१ |नवीन पौडेल
विनयी खोला पुल भत्किएपछि पूर्वपश्चिम राजमार्गमा आवागमनमा सास्ती

नवलपरासी । दुर्गममा मानिसहरू जोखिम मोलेर तुइनमा आवतजावत गरिरहँदा सुगम भनिएका स्थानमा पनि जोखिम कम छैन । शुक्रबार पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्कीवासमा विनयी खोलाको पुल नै भाँचियो ।

गाडी गुड्दागुड्दै राजमार्गकै पुल भाँचिँदा हाम्रा संरचना कति जोखिमपूर्ण छन् भन्ने त देखायो नै, यसले देशको पश्चिमी भेगसँगको सम्पर्क कठिन बनेको छ । अत्यधिक भार भएको भारतीय लहरीले ठक्कर दिँदा विनयी खोलाको पुल भाँचिएको थियो । विकल्पमा पुल नजिकैबाट डाइभर्सन सडक बनाउने काम भइरहेको छ । तर पूरा भएको छैन । भोलिसम्ममा डाइभर्सन सडक बनाएर यातायात सञ्चालन गर्ने सडक विस्तार आयोजनाको तयारी छ ।

पुल भाँचिएपछि रोकिएका सवारीलाई विनयी त्रिवेणी गाउँपालिका-२ को ज्यामिरेबाट उत्तरतर्फको सडक मार्फत् त्रिवेणी क्रसर, सिजी चोक हुँदै अस्थायी रूपमा यातायात सञ्चालनमा ल्याइएको छ । पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोलाको पुल सबैभन्दा लामो हो । त्यसो त बुटवल–नारायणगढ सडकखण्डका अधिकांश पुल पुराना र जीर्ण छन् ।

विस्तृत भिडिओमा :


Image

नवीन पौडेल

पौडेल कान्तिपुर टेलिभिजनका नवलपरासी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement