कोशी प्रदेशको संकटग्रस्त सहकारी व्यवस्थापन समितिले शुक्रबारदेखि थाल्यो काम

पुस २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
कोशी प्रदेशको संकटग्रस्त सहकारी व्यवस्थापन समितिले शुक्रबारदेखि थाल्यो काम

मोरङ । कोशी प्रदेश सरकारले पुस १८ गते गठन गरेको संकटग्रस्त सहकारी व्यवस्थापन समितिले शुक्रबारदेखि काम सुरू गरेको छ । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा समितिको कार्यालय स्थापना भएसँगै काम सुरू भएको हो ।

समितिको कार्यालय उद्घाटन गर्दै उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले समस्यामा परेका सबै सहकारीको अध्ययन अनुसन्धान गरी समस्याको समाधान गर्न सरकारले समिति गठन गरेको बताउनुभयो । समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता भरतबहादुर थापाले सरकारले विश्वास गरेर दिएको जिम्मेवारी कुशलतापूर्वक वहन गर्ने जानकारी दिनुभयो ।

आफू नेतृत्वको समितिले जनताले जम्मा गरेको रकम दुरुपयोग हुन नदिने प्रतिबद्धता जनाउनुभयो । कोशी प्रदेशका संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न प्रदेश सरकारले पुस १८ गते समिति गठन गरेको थियो । वरिष्ठ अधिवक्ता थापा अध्यक्ष रहेको समितिमा सदस्यमा धनप्रसाद सिवाकोटी र जीवन काफ्ले हुनुहुन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement