नेपाल-भारत वाणिज्य सचिवस्तरको बैठक आज

पुस २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाल-भारत वाणिज्य सचिवस्तरको बैठक आज

काठमाडौं । नेपालमा उत्पादन भएका वस्तुको निर्यात र व्यापारमा सहजीकरणको मुख्य एजेन्डा सहित नेपाल-भारत वाणिज्य सचिवस्तरको बैठक आज काठमाडौंमा बस्दै छ । नेपाली पक्षले बैठकमा नेपाल-भारत वाणिज्य र पारवहन सन्धिको पुनरावलोकनसम्मका विषय उठाउँदै छ ।

पछिल्लो समय भारतले गुणस्तर चिह्नको कारण देखाउँदै नेपाली वस्तुको निर्यातमा अवरोध गरिरहेको छ । सिमेन्ट, जुत्ता, सेनेटरी प्याड जस्ता वस्तुको निर्यात सहज हुन सकिरहेको छैन । व्यवसायीका समस्यादेखि बन्दरगाहको प्रयोगसम्मका कुरा बैठकमा उठाउने तयारी भएको उद्योग मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले जानकारी दिनुभयो । भारतीय पक्षले भारतमा उत्पादन भएको दुग्ध पदार्थको सहज प्रवेश दिन माग गरेको छ ।

नेपालले कुल वस्तु आयातमध्ये ६४ प्रतिशतभन्दा धेरै भारतबाट गर्छ । त्यस्तै ६८ प्रतिशतभन्दा बढी वस्तु निर्यात पनि भारतमै हुन्छ । बैठकमा कृषिजन्य वस्तुको आयात र निर्यातका लागि नेपाली प्रयोगशालादेखि क्वारेन्टाइनसम्मका समस्या हल गर्ने विषयमा छलफल भइरहेको छ । अहिले भारतले तेस्रो देशबाट सामान ल्याउन तीन वटा बन्दरगाहको सुविधा दिएको छ । व्यवसायीहरुले तेस्रो देश निर्यातका लागि धान्द्रा र मुन्द्रा बन्दरगाहको पनि पहुँच दिन माग गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement