मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

पुस ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीशहरु नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले दोस्रो पटक दर्ता भएको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो । प्रसाईं साइबर अपराधमा मंसिर २७ गते धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ पर्नुभएको थियो ।

अदालतले प्रसाईंलाई थुनामै राख्ने नियत देखिएको भन्दै बाहिरै राखेर मुद्दा अगाडि बढाउन परमादेश जारी गरेको हो । प्रसाईंले धरौटीमा रिहा गर्न आफूलाई अदालतले आदेश दिएको भए पनि प्रहरीले दु:ख दिने मनसायले पुनः पक्राउ गरेको भन्दै साधारण तारेखमा रिहा गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

प्रसाईंले माग गरेअनुसार नै सर्वोच्चले रिट जारी गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रम फैलाएको आरोपमा मंसिर ४ गते पक्राउ परेका प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । त्यसलगत्तै प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा पुनः पक्राउ गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement