काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारत र मलेसियाका लागि राजदूत नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले आज भारतका लागि डा. शंकर प्रसाद शर्मा र मलेसियाका लागि डा. नेत्र प्रसाद तिम्सिनालाई राजदूत नियुक्त गर्नुभएको हो ।
पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा शर्मा र तिम्सिनालाई राजदूतमा नियुक्त गर्नुभएको हो ।