चितवन । चितवनको नारायणघाट–मुग्लिन सडकखण्डमा ट्रक पल्टिएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख ३४९० नम्बरको ट्रक आइतबार बेलुका ६ बजेतिर चितवनको नौकिलोमा दुर्घटना भएको थियो ।
दुर्घटनामा परि मकवानपुरको मकवानपुरगढी गाउँपालिका -६ बस्ने ३८ वर्षीय श्याम बजगाईं र सोही ठाउँका ३१ वर्षीय दीपक दाहालको भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिनुभयो ।
उनीहरु दुवैजनालाई च्यापिएको अवस्थामा उद्धार गरेर भरतपुर अस्पताल पुर्याइएको थियो । दुर्घटनामा घाइते दुई जनाको अहिले उपचार भइरहेको छ भने एक जनाको अवस्था सामान्य रहेको छ । दुर्घटनापछि फरार रहेका ट्रक चालक दिनेश पुडासैनीलाई प्रहरीले पक्राउ गरेको छ ।