पाइलटहरुको हड्तालका कारण बिहानै विमानस्थल पुगेका एक सय ४९ यात्रु अलपत्र

मंसिर ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
पाइलटहरुको हड्तालका कारण बिहानै विमानस्थल पुगेका एक सय ४९ यात्रु अलपत्र

काठमाडौं । नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजबाट भारतको मुम्बई जान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका एक सय ४९ यात्रु अलपत्र परेका छन् ।

काठमाडौंबाट मुम्बइ जान बिहान १० नबज्दै विमानस्थलमा पुगेका एक सय ४९ यात्रु नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज उडाउने पाइलट नभएपछि विमानस्थलमै अलपत्र परेका हुन् ।

समयमा उडान नभएको र घण्टौंसम्म विमानस्थलमा अलपत्र पारिएपछि यात्रुहरु आक्रामक बनेका थिए । अहिले उनीहरुलाई खाना खान होटलमा लगिएको छ । राती ९ बजेको फ्लाइटबाट मुम्बइ लैजाने तयारी छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले यात्रु अलपत्र नहोउन भन्नेमा आफू गम्भीर भएको बताउनुभयो ।

वायुसेवा निगमको न्यारोबडी र वाइडबडीका स्थायी पाइलटहरुले सेवा सुविधाको विषयमा केही दिनदेखि हड्ताल गरेकाले अस्ति शुक्रबारदेखि नै दर्जनौं उडान प्रभावित भएका छन् । शुक्रबार बिहान ९ बजे हङकङ उड्ने जहाज पनि क्याप्टेनले अन्तिम समयमा बिरामी भएको जानकारी दिएपछि ५ घन्टा डिले भएको थियो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.