कास्की । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराइएको छ ।
लामिछानेलाई न्यायाधीश हिमलाल बेलबासेको इजलासमा पेस गरिएको छ । अहिले म्याद थपसम्बन्धी बहस जारी छ ।
यसअघि कार्तिक २५ गते थपिएको १३ दिने म्याद सकिएलगत्तै आज फेरि लामिछानेलाई अदालत उपस्थित गराइएको हो । लामिछानेसँगै पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं र रामकुमार खनाललाई पनि अदालतमा उपस्थित गराइएको छ ।
कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधका साथै सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा जोडिएका लामिछानेलाई काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा अनुसन्धानका लागि पनि पक्राउ पुर्जी जारी भएको छ ।