काठमाडौं । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीको पाँच महिनामै पदबाट राजीनामा दिनु भएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिकारीको राजीनामा भोलिबाट लागु हुने बताउनु भएको छ ।
गत असार १८ गते सभामुख देवराज घिमिरेको सिफारिसमा अधिकारी प्रतिनिधि सभाको सचिवमा नियुक्त हुनु भएको थियो ।