मेडिकल व्यवसायी प्रसाईं साइबर अपराध गरेको आरोपमा पक्राउ

मंसिर ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
मेडिकल व्यवसायी प्रसाईं साइबर अपराध गरेको आरोपमा पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले प्रसाईंलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।

प्रसाईंलाई साइबर अपराधको मुद्दामा पक्राउ गरिएको सीआईबीले जनाएको छ । प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोप छ । 

सोमबार कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको कागजात सार्वजनिक भएको थियो ।

सीआईबीका अनुसार प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.