[अपडेट] पलाँता जिप दुर्घटनाका घाइतेलाई सेनाको हेलिकोप्टरबाट सुर्खेत ल्याइयो

कार्तिक २५, २०८१ |कमल पन्त
[अपडेट] पलाँता जिप दुर्घटनाका घाइतेलाई सेनाको हेलिकोप्टरबाट सुर्खेत ल्याइयो

सुर्खेत । कालीकोटको पलाँता गाउँपालिका-३ को राडीनेटा नजिक भएको जिप दुर्घनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । दुर्घटनामा घाइते भएका १३ जनालाई उपचारका लागि सुर्खेत ल्याइएको छ । 

घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि ल्याइएको प्रदेश प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी टेकबहादुर रावतले पलाँता गाउँपालिकाको थिर्पुदेखि राम्नाकोट जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप राडीनेटामा दुर्घटना भएको जनाउनु भयो । 

ग्रामीण क्षेत्रमा सञ्चालन हुने जिप करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त जिपमा चालकसहित १९ जना यात्रु थिए ।


Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।


Enter Kantipur TV HD
Advertisement