राजनीतिक दल र सरकारका बीचमा सहकार्य गरेर अगाडि बढ्न राष्ट्रपति पौडेलको आग्रह

कार्तिक २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
राजनीतिक दल र सरकारका बीचमा सहकार्य गरेर अगाडि बढ्न राष्ट्रपति पौडेलको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दल र सरकारका बीचमा सहकार्य गरेर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

गणेशमान सिंहको १ सय १०औँ जन्मजयन्तीका अवसर आयोजित कार्यक्रममा बोल्दै पौडेलले मुलुकको सांस्कृतिक, सामाजिक एवं आर्थिक विकासका लागि सरकार र राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको बताउनुभएको हो । उहाँले सुशासन र आर्थिक विकासका माध्यमबाट सरकार र राजनीति दलप्रति नागरिकको विश्वास बढाउन लाग्नुपर्ने धारणा समेत राख्नभएको छ ।

राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको जगमा देशलाई समृद्द बनाउन चुक्न नहुने धारणा समेत राख्नुभयो । मुलुकभित्रै आफ्नो भाग्य र भविष्य सुनिश्चित छ भन्ने कुराको विश्वास दिलाउन समेत आवश्यक रहेको उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.