कानुनी प्रक्रियामा भएको रविको पक्राउविरुद्ध रास्वपाले प्रदर्शन गर्नु अराजकता हो : विष्णु रिमाल

कार्तिक १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
कानुनी प्रक्रियामा भएको रविको पक्राउविरुद्ध रास्वपाले प्रदर्शन गर्नु अराजकता हो : विष्णु रिमाल

काठमाडौं । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले सहकारी ठगी र संगठित अपराधमा संलग्न रहेको अभियोगमा पक्राउ परेका आफ्ना सभापति रवि लामिछानेको पक्षमा रास्वपाले सडकमा गरिरहेको प्रदर्शनलाई अराजकताको संज्ञा दिनुभएको छ । 

कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै रिमालले कानुनको परिधिमा रहेर न्यायलयलाई सघाउनुको साटो सडकबाट न्यायलयलाई नै प्रभावित गर्ने प्रयासस्वरुप गतिविधि गरिरहेको भन्दै रास्वपाको आलोचना गर्नुभएको हो ।

अघिल्लो सरकारले बिगारेका कामहरु सच्याउने बाध्यताका कारण पनि सरकारले चाहेजसरी काम गर्न नसकेको रिमालको भनाइ थियो । सरकारको ३ महिनाको कामलगायत कार्यक्रममा रिमालसँग एमालेले विवादित व्यापारीसँग लिएको दान, विपक्षीको दबाब, छिमेकी मुलुकसँगको सम्बन्धजस्ता विषयका सोधिएको छ ।

कार्यक्रम फायरसाइड आज राति ९ बजे कान्तिपुर टेलिभिजन तथा टेलिभिजनको युट्युब च्यानल र डिजिटल प्लेटफर्महरुमा हेर्न सकिनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.