इंग्लिस युवा अलराउन्डर ल्यूक मार्टिनले चितवन राइनोजबाट खेल्ने

कार्तिक १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
इंग्लिस युवा अलराउन्डर ल्यूक मार्टिनले चितवन राइनोजबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग क्लब चितवन राइनोजले इंग्लिस युवा अलराउन्डर ल्यूक मार्टिन बेनकेन्स्टाईनलाई अनुबन्ध गरेको छ । चितवनले अनुबन्ध गरेका उनी दोस्रो विदेशी खेलाडीसमेत हुन् ।

गत जनवरीमा भएको अन्डर नाइन्टिन विश्वकपमा १९ वर्षीय बेनकेन्स्टाईन इंग्ल्यान्ड उपकप्तान थिए । सिनियर अन्तर्राष्ट्रिय डेब्यू नगरेको भए पनि उनी ब्याटिङ र बलिङ दुवैमा निपुर्ण मानिन्छन् । उनले १७ वर्षको उमेरमा एसेक्सबाट काउन्टी क्रिकेटम कीर्तिमान बनाएका थिए ।

सन् २०२२ मा ग्वादर शार्क्स पाकिस्तान सुपर लिगको फाइनलमा पुग्दा उनको ३७ बलमा ७१ रनको योगदान जोडेका थिए । बेनकेन्स्टाईन आफ्नो परिवारबाट तेस्रो पुस्ताका क्रिकेटर हुन् । उनका बुबा डेल बेन्केन्स्टाईनले दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका थिए भने उनका हजुरबुवा मार्टिन बेन्केन्स्टाईनले जिम्बाब्वेबाट क्रिकेट खेलेका थिए ।

चितवन राइनोजको प्रतिनिधित्व गर्न आफू आतुर रहेको बेनकेन्स्टाईनले बताएका छन् । क्लबले जारी गरेको सूचनामा उनको आगमनले लिगमा उर्जा थपिने बताइएको छ । चितवनले यसअघि दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मर्रस्यंट डी ल्यांगलाई अनुबन्ध गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.