भक्तपुर । ‘दहीको राजा’ उपनाम पाएको भक्तपुरको मौलिक उत्पादन ‘जुजुधौ’ बनाउन व्यवसायीलाई भ्याइनभ्याई छ । दशैं लागेसँगै जुजु धौको माग धान्नै नसकिने भएपछि यहाँका व्यवसायीहरु साँझ बिहान नभनी जुजु धौ बनाउन व्यस्त बनेका हुन् । नेवार समुदायमा दहीको छुट्टै महत्त्व छ । जन्मदिनदेखि मृत्यु संस्कारसम्म अर्थात् शुभकार्य, चाडवाड जस्तो समयमा त दही नभइ हुँदैन। केही व्यवसायीले आधुनिक उपकरणको प्रयोग गरेर ठूलो परिणामा जुजुधौ बनाउन थालेका छन् । तर डेरी व्यवसायीले समेत दहीलाई जुजुधौ नाम दिएर नक्कली दही बजारमा ल्याएपछि सक्कली जुजुधौ बनाउने व्यवसायी चिन्तित छन् । हेर्नुहोस् भक्तपुरबाट सुन्दर शिल्पकार र मुरारी घिमिरेले तयार पारेको यो रिपोर्ट ।