लमजुङको दूधपोखरी गाउँपालिकाकी निवर्तमान अध्यक्ष छुपिमाया गुरुङको निधन

आश्विन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
लमजुङको दूधपोखरी गाउँपालिकाकी निवर्तमान अध्यक्ष छुपिमाया गुरुङको निधन

लमजुङ । लमजुङको दूधपोखरी गाउँपालिकाकी निवर्तमान अध्यक्ष छुपिमाया गुरुङको निधन भएको छ । क्यान्सर रोगले ग्रसित ५८ वर्षीया गुरुङको गएराति निधन भएको हो ।

क्यान्सर रोगको उपचार गर्दै आएकी गुरुङलाई सोमबार एक्कासी रोगले च्यापेपछि भरतपुर क्यान्सर अस्पताल लैजाने क्रममा राति करिब साढे २ बजे बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । गुरुङ विगत दुई वर्ष अघिदेखि क्यान्सर रोगले ग्रसित हुनुहुन्थ्यो। बीचमा रोग निको भएपनि उहाँलाई पुन: रोग बल्झिएको थियो ।

गुरुङ २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement