काठमाडौं । राजधानीलाई जोड्ने राजमार्ग आंशिक रुपमा सञ्चालनमा आएसँगै लामो दुरीका सवारी साधन पनि सञ्चालनमा आएका छन् ।
धादीङको झ्याप्ले खोलामा पहिरो पन्छाएपछि आज अपराह्न ३ बजेदेखि काठमाडौंको नयाँ बसपार्कबाट लामो दुरीका बस छुटेका हुन् । व्यवसायीहरुले तीन दिनदेखि यात्रुलाई गन्तव्यमा पठाउन थालेका हुन् ।
राजमार्गमा सवारीसाधन चल्न थालेको खबरसँगै आज नयाँ बसपार्क क्षेत्रमा यात्रुको भीड लागेको थियो भने बस सडकमै पार्किङ गरिएका थिए ।