उदयपुरमा बाढीपहिरोले १ जनाको मृत्यु, सिद्धिचरण राजमार्गलगायत सबै सडक अवरुद्ध

आश्विन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
उदयपुरमा बाढीपहिरोले १ जनाको मृत्यु, सिद्धिचरण राजमार्गलगायत सबै सडक अवरुद्ध

उदयपुर । अविरल वर्षासँगै आएको बाढीले आज उदयपुरको रौतामाई गाउँपालिका-१ माझखर्ककी अन्दाजी १६ वर्षीया हिसिला तामाङको गाउँ नजिकैको ओडारे खोलाले बगाएर मृत्यु भएको छ ।

यसैगरी उदयपुर र खोटाङ जोड्ने सगरमाथा राजमार्गको फोक्सिनटार स्थित पक्कि पुल सुनकोशीले बगाएको छ ।

सप्तकोशीको बाढी पसेर उदयपुरको बेलका नगरपालिकाका ८,९,१,२ र ३ वडा डुबानमा परेको छ । वडा-८ को एलकेखोजदेखि पसेको बाढीले दर्जन बढी बस्तीका ८३ घर डुबान भएपछि सो क्षेत्रका बासिन्दालाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उद्धारटोलीले करिब ५ सय जनालाई सुरक्षित स्थान सारेका छन् ।

भेलबाढीका कारण सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी-घुर्मी सडकखण्डसहित जिल्लाका सबैजसो सडक खण्ड पनि अवरुद्ध बनेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement