मकवानपुरमा बाढीले जोखिममा परेका ३४ खेलाडीको उद्धार, ३० जनालाई काठमाडौं ल्याइयो

आश्विन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
मकवानपुरमा बाढीले जोखिममा परेका ३४ खेलाडीको उद्धार, ३० जनालाई काठमाडौं ल्याइयो

काठमाडौं । पहिरोमा परि अखिल नेपाल फुटबल संघ एन्फा एकेडेमीको ६ जना खेलाडीले ज्यान गुमाएका छन् । ४० खेलाडी राखिएको होस्टेलबाट ३४ खेलाडीको भने उद्धार गरिएको छ ।

मकवानपुरको एन्फा एकेडमीका खेलाडीको सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो भने ज्यान गुमाएका ६ खेलाडीको पोस्टमार्टको लागि टिचिङ अस्पताल महाराजगञ्ज लगिएको छ ।

३४ मध्ये ३० खेलाडीलाई काठमाडौं ल्याइएको छ भने बाँकी चार जना स्थानीय खेलाडी चाहिँ मकवानपुरमा नै सुरक्षित स्थानमा बसेका छन् । हिजो र आजको अविरल वर्षाको कारण ४० खेलाडी रहेको एन्फा एकेडेमीको होस्टेल बाढीको जोखिममा परेको थियो । कुलेखानी जलविद्युत् आयोजनाको जलाशयको ढोका खोलिएपछि सिस्नेरी खोलामा बाढीको मात्रा बढ्दा खेलाडीहरु सुरक्षित स्थान खोज्न बाहिरिएका थिए ।

बाहिरिएकामध्ये ६ खेलाडी पहिरोसँगै बेपत्ता भएका थिए । उद्धार गरिएका खेलाडीलाई सातदोबाटोको एन्फा कम्प्लेक्समा राखिएको छ । होस्टेलमा राखिएका खेलाडीका आमाबाबु आए घर जान दिने एन्फाका प्रवक्त सुरेश शाहले जानकारी दिनुभएका छन् । 

बन्द प्रशिक्षणमा रहेको नेपाली सिनियर महिला टिम पनि एन्फा कम्प्लेक्समा नै छ । वत्सलादेवि माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका र एन्फा एकेडेमीमा रहेर फुटबल सिकिरहेका खेलाडी देशभरबाट छानिएका उमेर समूहका खेलाडी थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement