पहिरोमा परि सिन्धुपाल्चोकमा १३ जनाको मृत्यु

आश्विन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
पहिरोमा परि सिन्धुपाल्चोकमा १३ जनाको मृत्यु

सिन्धुपाल्चोक। अविरल वर्षासँगै आएको पहिरोमा परि सिन्धुपाल्चोकमा १३ जनाको मृत्यु भएको छ । शनिबार बिहान २ बजे लिसंखुपाखर गाउँपालिकामा पहिरोले एक घर बगाउँदा ७२ वर्षीय काजीबहादुर लामा र उहाँकी धर्मपत्नी सुन्तली तामाङको घटनास्थलमै मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

त्यस्तै आज दिउँसो सोही वडाकी तृष्णा मोक्तानको घर पहिरोले बगाउँदा मोक्तान र उहाँको एक छोरा र एक छोरी गरी तीनै जनाको मृत्यु भएको छ ।

सुनकोसी गाउँपालिका सुकुटेस्थित सिन्धु बिच रिसोर्टमा गएको पहिरोमा परि ३ जना कोरियन नागरिकसहित १ नेपाली गाइड गरी ४ जनाको मृत्यु भएको छ । १५ जनालाई सकुशल उद्धार गरीएको प्रहरीले जनाएको छ ।

यसैगरी जुगल गाउँपालिका-१ कुनेगाँउमा पहिरोले ३ घर बगाउँदा ४ जनाको मृत्यु भएको ।

जिल्लाका अधिकांश सडक पहिरोको कारण अवरुद्ध भएका छन् । अरनिको राजमार्ग स्थित लार्चामा रहेको बेलिबृज भोटेकोशी नदिमा आएको बाढीले बगाएपछि लिपिङ तातोपानी बजार सडक सम्पर्कबाट टुटेको छ ।

अविरल बर्षाका कारण अरनिको राजमार्गको ठाउँ-ठाँउमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। लार्चा बेलिबृज बगाउँदा चीनबाट दशैका सामान बोकेको ४० फुटे कन्टेनर रोकिएका छन् ।

सडक सम्पर्क टुट्दा स्थानीय थप मर्कामा परेका छन् । उता माथिल्लो भोटेकोसी हाइड्रोपावरको ड्यामको तल्लो भागमा हालिएको भोटेकोशी गाउँपालीका-२ र ३ जोड्ने गोलेपा, पाङशेर्पु गाँउ जोड्ने फलामले बेलिब्रिज समेत भोटेकोशी नदिले बगाएको छ ।

अहिले त्यसभेगमामा विद्युत् सेवा अबरुद्ध हुँदा टेलीफोन, इन्टरनेट जस्ता सेवा अबरुद्ध हुनपुगेको छ । बन्देउदेखि सदरमुकाम चौतारा जाने २६ किलोमिटर सडकमा झन्डै २६ ठाउँमा पहिरो गएको छ । जसका कारण सडक पूर्णतः अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

बलेफी-जलबीरे, मेलम्ची-हेलम्बु र पाँचपोखरी जाने मुख्य सडकहरू पहिरोका कारण अवरुद्ध भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement