पानीको बहाब बढेपछि कोशी ब्यारेजमा यातायात सञ्चालनमा रोक

आश्विन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
पानीको बहाब बढेपछि कोशी ब्यारेजमा यातायात सञ्चालनमा रोक

राजविराज । कोशी नदीमा पानीको बहाव प्रतिसेकेन्ड ५ लाख क्युसेकभन्दा माथि पुगेपछि कोशी ब्यारेजमा सुरक्षाका लागि सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।

अविरल वर्षाका कारण कोसीमा पानीको सतह बढेसँगै जोखिम पढेकाले स्थानीय प्रशासनले अर्को सूचना नआएसम्म यातायात सञ्चालनमा रोक लगाएको हो ।

'पानीको बहाव अत्याधिक बढेको छ, अर्को सूचना नआएसम्म सवारी साधनलाई रोक लगाएका छौं,' सप्तरीका प्रमुख जिल्ला अधिकारी मेख बहादुर मग्रान्तीले जानकारी दिनुभयो ।

दिउँसो २ बजेको मापनअनुसार सप्तकोशीको पानीको बहाव ५ लाख २१ हजार क्युसेक प्रतिसेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ। 

कोशी ब्यारेजका ५६ वटै ढोका खुला गरिएको छ । कोशीमा पानीको बहाब अत्याधिक बढेपछि कोशी ब्यारेज नियन्त्रण कक्षले ‘रेड अलर्ट’ जारी गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement