अविरल बर्षाले बर्दघाटमा ९ वटा घर भत्किए

आश्विन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
अविरल बर्षाले बर्दघाटमा ९ वटा घर भत्किए

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-२ बासखोलामा ९ वटा घर भत्किएका छन् । अविरल बर्षाका कारण एउटै गाउँका ९ घर भत्किएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी रेशम बोहोराका अनुसार कोश बहादुर आलेको ढुङ्गा माटोले बनेको २ तल्ला, कादर दर्लामी, हरि बहादुर राई, तोमन सिंह दर्लामी, तिल कुमारी बाह्रघरे, बम बहादुर बाह्रघरे, तिल बहादुर रुचाल, दल बहादुर राई,

कुशबहादुर आले मगरको घर भत्किएको हो । घर भत्किए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement