पहिरोमा पुरिएर सोलुखुम्बुमा दुई जनाको मृत्यु

आश्विन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
पहिरोमा पुरिएर सोलुखुम्बुमा दुई जनाको मृत्यु

सोलुखुम्बु । सोलुखुम्बुको टाप्टिङमा आज दिउँसो आएको पहिरोमा एउट घर पुरिँदा २ जनाको मृत्यु भएको छ । 

सोलु दुधकुण्ड नगरपालिका- १० टाप्टिङको चैलुङ गाउँमा स्थानीय टेकबहादुर मगरको घर पहिरोले पुरिँदा उक्त घरमा रहेका उहाँकी छोरी र बुहारीको मृत्यु भएको वडाध्यक्ष होमबहादुर मगरले बताउनुभएको छ ।

पहिरोमा परि मगरका ३० बर्षीया छोरी कविता मगर र ४१ बर्षीया बुहारी रुपु मगरको मृत्यु भएको हो । घटनास्थलमा प्रहरी टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी द्वारिका घिमिरेले जानकारी दिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement