महोत्तरीमा सोनी नदीले बगाएर एक बालक बेपत्ता

आश्विन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
महोत्तरीमा सोनी नदीले बगाएर एक बालक बेपत्ता

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका-८ कुस्मादीमा सोनी नदीले दुई बालबालिकालाई बगाएको छ । सोनी नदीको बाढी हेर्न आएका उनीहरुलाई नदीले बगाएको हो ।

१६ वर्षीय रोहित साह र ११ वर्षीया करिना महतोलाई बाढीले बगाएपछि प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो । करिब एक घण्टापछि करिनालाई पाँच सय मिटर तल झाडीमा प्रहरीले शकुसल उद्धार गरेको छ ।

रोहित भने भेटिएका छैनन् । उनको खोजिकार्य तीव्र बनाइएको एसपी नकुल पोखरेलले जानकारी दिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement