महोत्तरीको सोनी नदीमा बेपत्ता भएका बालक मृत भेटिए

आश्विन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
महोत्तरीको सोनी नदीमा बेपत्ता भएका बालक मृत भेटिए

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका-८ कुस्मादीमा सोनी नदीले बगाएर बेपत्ता भएका बालक रोहित साह मृत अवस्थामा फेला परेका हुन् ।

आज साढे ४ बजे उनको शव बगाएको ठाउँबाट १० किलोमिटर टाढा बेलगाछी भन्ने ठाउँमा फेला परेको सशस्त्र प्रहरी महोत्तरीका एसपी बिनोद केसीले जानकरी दिनुभयो ।

महोत्तरीको गौशाला नगरपालिका-८ कुस्मादीमा सोनी नदीको बाढी हेर्न आएका १६ वर्षीय रोहित साह र ११ वर्षीया करिना महतोलाई बाढीले बगाएको थियो । करिनालाई प्रहरीले सकुशल उद्धार गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement