रामेछापको मन्थली विमानस्थलमा तामाकोशीको बाढी पस्यो

आश्विन १२, २०८१
रामेछापको मन्थली विमानस्थलमा तामाकोशीको बाढी पस्यो

रामेछाप । तामाकाेशी नदीमा आएकाे बाढीले मन्थली विमानस्थल डुबानमा परेकाे छ । 

विमानस्थलमा दुई वटा विमान रहेका छन् । निरन्तरको वर्षाका कारण विमानस्थलकाे धावनमार्गसमेत डुबानमा परेकाे प्रहरीले जनाएकाे छ । 

विमानस्थल र त्यसका संरचनामा बाढी पसे पनि क्षति भने नभएको प्रहरीले जनाएको छ । तामाकोसीकाे वहाब उच्च भएका कारण विमानस्थल र त्यस आसपासका स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह प्रहरीले आग्रह गरेको छ ।

विमानस्थल जलमग्न भए पनि हालसम्म कुनै क्षझि नभएकाे विमानस्थलका उपप्रवन्धक हिरण्य शाहले बताउनु भयो ।


Enter Kantipur TV HD
Advertisement