भासिएर अवरुद्ध राप्ती राजमार्ग एकतर्फी सञ्चालन

आश्विन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
भासिएर अवरुद्ध राप्ती राजमार्ग एकतर्फी सञ्चालन

सल्यान । अविरल वर्षाका कारण सल्यान र दाङको सीमामा पर्ने राम्री नजिकै सडक भासिएपछि अवरुद्ध राप्ती राजमार्ग १४ घण्टापछि सञ्चालनमा आएको छ । जेसिभीको सहायतामा भित्ता काटेर काम चलाउ सडक निर्माण गरेपछि अवरुद्ध राप्ती राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो ।

सडक सञ्चालनमा आएसँगै बिहानैदेखि रोकिएका गाडीहरु अहिले चल्न थालेका छन् । भासिएको स्थानको माथिल्लो भागबाट सडक काटेर अहिले एकतर्फी गाडी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अघिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले बताउनु भयो ।

लगातारको वर्षाका कारण सडक भासिँदा गए राति १२ बजेदेखि राप्ती राजमार्ग अवरुद्ध भएको थियो । भासिएको स्थान नजिकै तथा आसपासका क्षेत्रमा अहिले पनि उच्च जोखिम भएकाले सतर्कता अपनाउँदै गाडी चलाउन प्रहरीले आग्रह गरेको छ । 

तत्काल भासिएको सडक छेउबाट पर्खाल उठाउन सक्ने सम्भावना नभएकाले यात्रुहरुको सुविधाका लागि भित्ता काटेर यातायात सञ्चालन गरिएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी ईन्जिनियर उज्वलकुमार झाले जानकारी दिनु भयो । दुईतर्फी रुपमा यातायात सञ्चालनका लागि काम भइरहेको उहाँले जनाउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement