पहिरोले पुरिएर बेपत्ता भएका एन्फा एकेडेमीका ३ विद्यार्थीको शव भेटियो , ३ जना बेपत्ता

आश्विन १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
पहिरोले पुरिएर बेपत्ता भएका एन्फा एकेडेमीका ३ विद्यार्थीको शव भेटियो , ३ जना बेपत्ता

हेटौँडा । पहिरोमा पुरिएको आशङ्का गरिएका इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका छ जना विद्यार्थीमध्ये तीन जनाको शव भेटिएको छ ।

उनीहरुको सनाखत हुन बाँकी रहेको एकेडेमीका संयोजक सुवासचन्द्र ठकुरीले बताउनुभयो ।

कुलेखानी जलविद्युत आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा उनीहरु बेपत्ता भएका थिए ।

यसैबीच, इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० घर बाढीमा बगेका छन् । इन्द्रसरोवर–२ खानीखेतस्थित २८ घर डुबानमा छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement