उदयपुरमा सप्तकाेशी पस्याे, बस्ती जाेखिममा

आश्विन १२, २०८१ |भोटराज राई
उदयपुरमा सप्तकाेशी पस्याे, बस्ती जाेखिममा

उदयपुर । सप्तकाेशीकाे बाढी पसेर उदयपुरकाे बेलका नगरपालिकाकाे वडा नं. २, ३, ८ र ९ उच्च जाेखिममा परेकाे छ । वडा नं. ८ काे एलके खाेजबाट पसेकाे बाढीले सिसाैलीसम्म डुबानमा परेकाे छ ।

बाढी बाँध नाघेर गाउँ पसेकाे र डुबानमा परेकाे बेलका नगरपालिकाका मेयर अशाेक कार्कीले जानकारी दिनुभयो । निरन्तर वर्षा भइरहेकाले साे क्षेत्रमा उद्धार कार्यमा समस्या परेकाे छ । उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएको मेयर कार्कीले जनाउनु भयो ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेसहितकाे सुरक्षा प्रमुखहरुकाे टाेली डुबान क्षेत्रतर्फ गएको छ ।


Image

भोटराज राई

राई कान्तिपुर टीभीका उदयपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement