काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेदेखि सुरु भएको हो ।
आजको बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको छ ।
अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संसोधन) विधेयक’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नुहुनेछ ।
यसैगरि बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण २०७८ माथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने र उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिनुभयो ।