पहिरोले कर्णाली राजमार्ग पाँच दिनदेखि अवरुद्ध, दैलेखको दहिखोला र किट्टु भिरमा धमाधम पहिरो पन्छाइँदै

भाद्र १६, २०८१ |चक्र भण्डारी
पहिरोले कर्णाली राजमार्ग पाँच दिनदेखि अवरुद्ध, दैलेखको दहिखोला र किट्टु भिरमा धमाधम पहिरो पन्छाइँदै

दैलेख । विभिन्न ठाउँमा पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुलाउन आज पाँचौं दिन पनि काम भइरहेको छ । डोजर र एक्साभेटरको संख्या थपेर पहिरो खुलाउनु काम भइरहेको हो । 

पहिरोले अवरुद्ध दैलेखको मालाचौर खण्ड खुलिसकेको छ भने, आज बिहानैदेखि दहिखोला र किट्टु भिरमा आएको पहिरो खुलाउन थप जनशक्तिका साथ तीन वटा डोजर र एस्काभेटर परिचालन गरिएको छ । साँझसम्ममा दैलेखको पहिरो पन्छाएर सडक खुलाउने तयारीका साथ काम भइरहेको हो ।

कालीकोटको गगनेखोला, एसमोडको पहिरो अझै खुलाउन सकिएको छैन भने दैलेखको मालाचौरको पहिरो पन्छाइसकिएको छ । पहिरोले कर्णाली राजमार्ग पाँच दिनदेखि अवरुद्ध हुँदा जुम्लादेखि स्याउ लिएर आएका एक सयभन्दा बढी ट्रक बाटैमा रोकिएका छन् भने यातायात सञ्चालन नहुँदा यात्रु अलपत्र परेका छन् ।


Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement