कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध

भाद्र १४, २०८१ |चक्र भण्डारी
 कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध

दैलेख । निरन्तरको वर्षाले दैलेखका विभिन्न ठाउँमा पहिरो जाँदा कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध छ । गत १२ गते परेको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अन्तर्गत दैलेख क्षेत्रका विभिन्न स्थानहरुमा सडक र पक्की पुल बगाउँदा तीन दिनदेखी राजमार्ग बन्द भएको हो ।

वर्षाले कारण बाढी आउँदा कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबीस नगरपालिका -५ दही खोलामा रहेको मोटेरबल पक्की पुल बगाएको छ । यसैगरी किट्टु भिरमा १५ मिटरभन्दा बढी सडक खोलाले बगाएको छ । यही राजमागर्ग अन्तर्गत मालाचौरमा १७ स्थानभन्दा बढी ठाउँमा पहिरो गएको छ ।

राजमार्ग अवरुद्ध हुँदा सवारीसाधनहरु सडकमै पहिरोका कारण अलपत्र परेका छन् भने मानिसहरु पैदल यात्रा गर्न बाध्य छन् । सुर्खेत सडक डिभिजन कार्यालय सुर्खेतले स्काभेटर लगाएर पहिरो पन्छाउने प्रयास गरिरहेको छ । तर धरै ठाउँमा ठूला पहिरो गएकाले राजमार्ग सुचारु हुन अझै तीन दिन लाग्ने हरी चौकी दैलेखका इन्चार्ज हरिलाल सेजुवालले जानकारी दिनुभयो । 


Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement