शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको निधन

श्रावण १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको निधन

सिरहा । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको निधन भएको छ । आज (बिहीबार) बिहान ६ बजे आफ्नै जन्मथलो सिरहाको लक्षम्पुर पतारी गाउँपालिका-२ पोखरभिण्डामा उहाँको निधन भएको हो ।

६९ वर्षका कामत लामो समयदेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो । काठमाडौं बस्दै आउनुभएका उहाँ आर्थिक समस्याका कारण उपचार गराउन नसकेपछि एक महिना अघि मात्र गाउँ फर्किनुभएको थियो ।

शास्त्रीय संगीतमा निकै ख्याती कमाउनुभएका कामतले पछिल्ला ४० वर्षदेखि निरन्तर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान पुर्‍याउँदै आउनु भएको थियो । कामत २०१२ साउन १७ गते सिरहाको पोखरभिण्डामा जन्मिनु भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.