पहिरोका कारण राति साढे दुई बजेदेखि अवरुद्ध पृथ्वी राजमार्ग सुचालु

असार २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
पहिरोका कारण राति साढे दुई बजेदेखि अवरुद्ध पृथ्वी राजमार्ग सुचालु

धादिङ । पहिरोका कारण राति साढे दुई बजेदेखि अवरुद्ध पृथ्वी राजमार्ग अहिले बिहानदेखि खुलेको छ । 

पृथ्वीराजमार्गको धादिङ खण्डअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका जोगिमारा नजिकै पानी धारा र आसपासमा राति साढे २ बजे  पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो । पहिरो हटाएपछि पाँच घण्टादेखि अवरुद्ध पृथ्वी राजमार्गमा सवारी आवागमन सुरु भएको हो । 

पहिरो पन्छाएपछि रातिदेखि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement