आज सबै प्रदेशका थोरै ठाउँमा मध्यम वर्षा हुने

असार २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
आज सबै प्रदेशका थोरै ठाउँमा मध्यम वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा मौसम पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधरणतया बदली रहेको छ । बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र कर्णाली प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आजदेखि वर्षा कम भई मौसममा सुधार आउने जनाएको छ । मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ सर्दै गएकाले आगामी केही दिन भारी वर्षाको सम्भावना नरहेको महाशाखाको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement