इलेक्ट्रो हाइड्रोपावरको ढलान भत्कियो : १० मजदुर घाइते, २ जना बेपत्ता

असार २१, २०८१ |कमला पाख्रिन
इलेक्ट्रो हाइड्रोपावरको ढलान भत्कियो : १० मजदुर घाइते, २ जना बेपत्ता

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका हिन्दीस्थित रहेको इलेक्ट्रो हाइड्रोपावरको ढलान भत्किँदा दशजना मजदुर घाइते भएका छन् । दुईजना बेपत्ता छन् ।

घाइतेको उद्धार गरी बाह्रबिसे प्राथमिक अस्पतालमा उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निरञ्जन भट्टराईले जानकारी दिए । बेपत्ताको खोजीको प्रयास भइरहेको छ ।

मजदुरहरुले ढलान गर्दागर्दै भत्किएको हो । ४० मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना निर्माणाधीन छ । घटनाको बाँकी विवरण आउन बाँकी छ ।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।