नदीमा पानीको बहाव बढेसँगै मेलम्ची खानेपानी आयोजनाबाट पानी आपूर्ति बन्द

सुरुङको मूलद्वार बन्द, मनसुन सकिएपछि मात्रै पानी ल्याइने
असार ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
नदीमा पानीको बहाव बढेसँगै मेलम्ची खानेपानी आयोजनाबाट पानी आपूर्ति बन्द

सिन्धुपाल्चोक । मनसुनी वर्षासँगै नदीमा पानीको बहाव बढेपछि सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द गरिएको छ ।

मेलम्ची नदीको बहाव बढेर बाढी आई पानी धमिलिन थालेपछि आपूर्ति बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिका अनुसार माथिल्लो क्षेत्रमा पानी परिरहेको र मेलम्ची नदीमा आएको बाढीले आयोजनाको बाँधमा समेत क्षति पुर्‍याइसकेको छ । 

आयोजनासम्म जाने पुलसमेत बगाएपछि आयोजनालाई सुरक्षित गर्न सोमबार मूल सुरुङको प्रवेशद्वार बन्द गरिएको हो । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार मनसुन सक्रिय हुन्जेल पानी आपूर्ति गरिने छैन । मनसुन सकिएपछि मात्रै आयोजनाबाट पुनः पानी ल्याइने लामिछानेले जानकारी दिनुभयो । 

यसअघि जेठ ३१ गते नै मेलम्ची आयोजनाबाट पानी आपूर्ति बन्द गर्ने तयारी गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement