बाढी-पहिरोमा ५ जनाको मृत्यु, ८१ परिवार विस्थापित [भिडियो रिपोर्ट]

असार ७, २०८१ |आनन्द गौतम
बाढी-पहिरोमा ५ जनाको मृत्यु, ८१ परिवार विस्थापित [भिडियो रिपोर्ट]

ताप्लेजुङ । जेठ २७ गते मनसुनी वर्ष सुरु भएयता ताप्लेजुङमा बाढीपहिरोमा परेर पाँच जनाको मृत्यु भएको छ । ८१ घरपरिवार विस्थापित भएका छन् ।

बाढी पहिरोमा ८५ वटा पशुचौपायासमेत मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चारजनाको ज्यान गएको फक्ताङलुङ गाउँपालिका २, खेजेनिममा केही व्यक्ति पहिरोमा पुरिएर पनि बाँच्न सफल भए ।

कोही भने पहिरो जान थालेपछि परिवार लिएर भाग्न सकेकाले बाँचे । जोखिमका बस्तीमा अहिले पनि टर्चलाइट र सानो झोला तयारी अवस्थामा राखेर डरैडरमा बाँचिरहेका घरपरिवार छन् ।

विस्तृत भिडियोमा :-


Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।